Shangri-la Customer Care
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४
(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब. ०७१।०७२ को तेस्रो त्रैमासिक प्रतिबेदन
१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ/ मिति २०७२/०१/२८ गतेको अन्नपूर्ण राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।
(ख) प्रमुख बित्तीय अनुपात:
प्रति शेयर आम्दानी | रु. २१.२९ |
प्रतिशेयर नेटवर्थ | रु. १३७.२९ |
मुल्य आम्दानी अनुपात | १५.०२ |
तरलता अनुपात | २४.०३% |
प्रति शेयर कुल सम्पत्तिको मुल्य | रु.११४३.१३ |
२. व्यवस्थापकीय बिश्लेषण:
यस अवधीमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । गत त्रैमासको खुद मुनाफामा ५३.१९% र कर्जा तर्फ रु. ३६ करोड (६.०४%) र निक्षेप तर्फ रु. १४ करोड (२.०३%) को वृद्धि गरेका छौ । कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंक अनुसार) मा पनि वृद्धि भई हाल ७८.४२% रहेको छ, सो नेपाल राष्ट्र बैंकले तोकेको सिमा भित्र नै रहेको छ । नेपाल राष्ट्र बैंकले जारी निर्देशन अनुरुप सुक्ष्म निरिक्षण कर्जामा रु. १,५७३,६८० /– थप ब्यबस्था गरीएको छ । निष्कृय कर्जामा केहि वृद्धि भएतापनि उक्त कर्जाहरु सुरक्षणको हिसाबबाट पूर्ण रुपमा सुरक्षीत रहेको छ । गत आ.व को मुनाफावाट १५% वोनश शेयर र ६.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभा बाट स्वीकृति गरीएको छ । संस्थाले आफ्नो व्यवसाय बढाउन विभिन्न ४ ठाँउमा शाखा विस्तार गर्न लागिएको छ, उक्त शाखाहरु नेपाल राष्ट्र बैंक बाट स्वीकृत भइसकेको छ।
३. कानूनी कारवाही सम्बन्धी विवरण :
(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको।
(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ । मिति २०७१/१२/१३ मा ११ औ साधारण सभा तथा गत आ.व को मुनाफावाट १५% वोनश शेयर र ६.३०% नगद लाभांशको लागी दर्ता किताब बन्द गरिएको र दर्ता किताब बन्द अगाडी शेयरको अन्तिम मुल्य रु ४०४ रहेको थियो ।
(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो ।
अधिकतम मुल्य | न्युनतम मुल्य | अन्तिम मुल्य | कारोबार संख्या | कारोबार दिन |
४२१ | ३२० |
३२६ | ६४५ | ४७ |
५. समस्या तथा चुनौती:
रणनीति
६. संस्थागत सुशासन :
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी यस आर्थिक वर्षबाट बैकं भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य शुरूवात गरिएको छ ।
७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:
आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।