Shangri-la Customer Care
यस सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडको मिति २०७१/१२/३० गते सम्पन्न दशौं बार्षिक साधारण सभाको निर्णय अनुसार, मिति २०७१/१२/१३ गतेसम्म कायम भई सो मितिको १ साता सम्म यस विकास बैंकमा नामसारी भएका शेयरधनीहरुलाई चुक्ता पू“जीको १५ प्रतिशतका दरले बोनश शेयर प्रमाणपत्र तथा ६.३० प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्न स्वीकृती भएकोले मिति २०७२/०१/१३ गते देखि यस विकास बैंकको प्रधान कार्यालय बालुवाटार–४, काठमाण्डौबाट तल उल्लेखित शेयरधनी नं. क्रमानुसार वोनश शेयर प्रमाणपत्र तथा नगद लाभांस वितरण गरिने व्यहोरा सम्पूर्ण सर्वसाधारण शेयरधनीहरुलाई जानकरी गराईन्छ ।
मिति | शेयरधनी नं. |
२०७२/०१/१३ | ५०१ देखी २२०० सम्म |
२०७२/०१/१४ | २२०१ देखी ४००० सम्म |
२०७२/०१/१५ | ४००१ देखी ५५०० सम्म |
२०७२/०१/१६ | ५५०१ देखी ७००० सम्म |
२०७२/०१/१७ | ७००० देखी माथीका सवै |
बितरण हुने समय :
आईतबार देखि बिहिबार १०ः०० देखि ३ः०० बजेसम्म
शुक्रबार १०ः०० देखि १ः०० बजेसम्म
पुनश्चः आफ्नो शेयरधनी नं. क्रममा नआउने शेयरधनीहरुको हकमा मिती २०७२/०१/२० गतेवाट मात्र वोनश तथा नगद लाभांश वितरण गरिने जानकारी गराइन्छ ।
अन्य जानकारी: