Shangri-la Customer Care
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४
(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब. ०७१।०७२ को पहिलो त्रैमासिक प्रतिबेदन
१. वित्तीय विवरण :
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७१/०७/२१ गतेको कारोबार राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।
(ख) प्रमुख बित्तीय अनुपात :
प्रति शेयर आम्दानी | रु. २०.५३ |
प्रतिशेयर नेटवर्थ | रु. १४४.४७ |
मुल्य आम्दानी अनुपात | १५.६३ |
तरलता अनुपात | ३४.५१% |
प्रति शेयर कुल सम्पत्तिको मुल्य | रु. १२२९.५४ |
२. व्यवस्थापकीय बिश्लेषण :
दुई विकास बैंक (साविक बागेश्वरी डेभलपमेण्ट बैंक लि., नेपालगंज र साविक सांग्रीला डेभलपमेण्ट बैंक लि मिति २०७१/०३/२९ गते मर्ज भई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा संयुक्त कारोवार सञ्चालन गरेको सांग्रीला डेभलपमेण्ट बैंक लि (राष्ट्रिय स्तर) ले न्यूरोड काठमाण्डौमा केन्द्रीय कार्यालय रहेकोमा हाल २०७१/०६/१२ बाट मुख्य शाखा एवं केन्द्रीय कार्यालय स्थानान्तरण गरि बालुवाटार काठमाण्डौमा सञ्चालनमा ल्याएको छ । यस सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५ पुगेको छ । संस्थाले २०७०/०६/१० गते विषेश साधारण सभा गरि सञ्चालक समितिको गठन एवं संस्थालाई थप सवल एवं व्यवसाय विस्तार गर्ने हेतुले ४ : १ हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । यस त्रैयमासमा संस्थाको नाफा सन्तोषजनक रहेको छ । निक्षेप तर्फ उल्लेखनीय वृद्धी भएको छ भने कर्जा तर्फ नयाँ कर्जाहरु प्रवाह भइरहेको र पुरानो कर्जाहरु भुक्तानी भइरहेको हुंदा खासै वृद्धी देखिएको छैन । संस्थाले निष्कृय कर्जा व्यवस्थापनमा सदाझै उचित पहल गरिरहेको छ । संस्थाले राष्ट्रिय स्तरको विकास बैंक भएर कार्यक्षेत्र विस्तार गर्ने अवसरलाई मूर्तरुप दिन नयाँ नयाँ स्थान पहिचान गरि शाखा सञ्जाल वढाउन क्षेत्रहरुको अध्ययन गरिरहेको छ ।
३. कानूनी कारवाही सम्बन्धी विवरण :
(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको ।
(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण :
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो ।
अधिकतम मुल्य | न्युनतम मुल्य | अन्तिम मुल्य | कारोबार संख्या | कारोबार दिन |
३२८ | १२९ | ३२१ | २०७ | १४ |
५. समस्या तथा चुनौती :
रणनीति
६. संस्थागत सुशासन :
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरेको छ ।
७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण :
आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानिकर्ताहरुलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।