सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मौलाकालिका संस्कृत विद्यापीठ र विद्यार्थीलाई सहयोग
calendar_month
22 July 2026
सांग्रिला डेभलपमेन्ट बैंकले मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम्) चितवनलाई सहयोग गरेको छ । मिति २०८३ असार ३१ गते मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम्) का ५३ जना विद्यार्थीका लागि पोशाक (कुर्ता र पाइजामा) र विद्यापीठका लागि १२ वटा डस्टविन प्रदान गरिएको हो । उक्त सामग्री यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उपलब्ध गराइएको हो ।
साग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कमजोर आर्थिक अवस्था रहेका ठाउँमा सहयोग उपलब्ध गराउँदै आएको छ ।
सहयोगका लागि धन्यवाद ।