सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौँको बालाजु माछापोखरीमा रहेको अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ
calendar_month
15 March 2026
सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौँको बालाजु माछापोखरीमा रहेको अपाङ्ग सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई चामल, दाल, तेल, चिउरा, चिनी, चियापत्ति लगायत सामग्री सहयोग गरिएको हो । फागुन १५ गते शुक्रबार केन्द्रमा आयोजित एक कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले उक्त सामग्री हस्तान्तरण गर्नुभयो । केन्द्रमा बस्दै आउनुभएका मोहनलाल विकले यो सहयोगले आफुहरुलाई ठूलो राहत मिलेको भन्दै अन्य संस्था र ब्यक्तिहरूलाई पनि सहयोगका लागि अनुरोध गर्नुभयो । उक्त केन्द्रमा देशका विभिन्न ठाउँका ४० जना अपाङ्गता भएका नागरिक र उनीहरूका १२ जना बालबालिका सहित ५२ जना बस्दै आएको केन्द्रले जनाएको छ ।