सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डस्टविनहरू सहयोग ।

calendar_month 12 May 2026
banner

सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौँको मच्छेनारायण मन्दिरलाई डस्टबिनहरू उपलब्ध गराएको छ । सोमबार आयोजित एक कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ् विभाग प्रमुख अर्पणा बज्राचार्यले चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अच्युत अधिकारीलाई डस्टविनहरू हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा वडा अध्यक्ष अधिकारीले यही जेठ ३ गतेबाट शुरु हुने पुरुषोत्तम मास मेला व्यवस्थापनमा अति आवश्यक डस्टविन सहयोग गरेकोमा सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिनुभयो । पुरुषोत्तम मासका आधारमा लाग्ने उक्त मेलामा हिन्दु धर्माबलम्बीले भगवान विष्णुको मत्स्य अवतारको पूजा आरधना गर्ने गर्दछन् । यो मन्दिर रहेको ठाउँमा भगवान विष्णुले मत्स्य अवतार लिएको विश्वासका साथ पूजा आरधना गर्ने गरेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

धन्यवाद ।

arrow_upward