धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४
(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब. ०७१।०७२ को दोस्रो त्रैमासिक प्रतिबेदन
१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७१/१०/२१ गतेको नागरिक राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ। साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।
(ख) प्रमुख बित्तीय अनुपात:
प्रति शेयर आम्दानी | रु. २३.९८ |
प्रतिशेयर नेटवर्थ | रु. १५१.४५ |
मुल्य आम्दानी अनुपात | १४.५९ |
तरलता अनुपात | २७.७९% |
प्रति शेयर कुल सम्पत्तिको मुल्य | रु.१२९२.४४ |
२. व्यवस्थापकीय बिश्लेषण:
यस अवधीमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । गत त्रैमासको मुनाफामा १३३.६०% र कर्जा तर्फ रु. ६९ करोड (१३.०९%) र निक्षेप तर्फ रु. २५ करोड (३.७१%) को वृद्धि गरेका छौ । कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंक अनुसार) मा गत त्रैमास भन्दा सुधार भई हाल ७५.५७% रहेको छ जसले गर्दा संस्थाको आम्दानीमा सुधार हुनेछ । यसरी बृद्धि भएको कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सिमा भित्र नै रहेको छ । यस त्रैमासमा मर्ज पश्चात् बृद्धि भएका खर्चहरुलाई परिपूर्ती गरि विगतको आम्दानीलाई कायम राख्नका लागि कर्जा लगानीमा बढि केन्द्रित हुनु आवश्यक रहेकोले निष्कृय कर्जा केही वृद्धि भएतापनि उक्त कर्जाहरुका सुरक्षणले पूर्ण रुपमा सुरक्षीत रहेको तथा निष्कृय कर्जा अनुपात व्यवस्थापनको नियन्त्रणमा नै रहेको छ । लगानीकर्तालाई उचित प्रतिफल प्रदान गर्नुका साथै संस्थाको पूँजीकोषलाई थप सवल वनाउन गत आ.व को मुनाफावाट १५% बोनश शेयर र १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिवाट निर्णय गरि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागी पेश गरेका छौ । संस्थाले आफ्नो व्यवसाय बढाउने रणनिती अनुरुप विभिन्न ठाँउमा शाखा विस्तार गर्नका लागी नेपाल राष्ट्र बैंकको स्वीकृतिको लागी पेश समेत गरिएको छ ।
३. कानूनी कारवाही सम्बन्धी विवरण:
(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको ।
(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो ।
अधिकतम मुल्य | न्युनतम मुल्य | अन्तिम मुल्य | कारोबार संख्या | कारोबार दिन |
३५२ | २७५ |
३५० | ४७६ | ५४ |
५. समस्या तथा चुनौती:
रणनीति
६. संस्थागत सुशासन:
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी यस आर्थिक वर्षबाट बैंक भित्र हुने दैनिक कार्यहरूको आन्तरिक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य शुरूवात गरिएको छ ।
७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:
आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।