धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४
(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब. ०७२।०७३ को प्रथम त्रैमासिक प्रतिबेदन
१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७२/०७/३० गतेको कारोबार दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।
(ख) प्रमुख बित्तीय अनुपात:
प्रति शेयर आम्दानी | रु. १७.३५ |
प्रतिशेयर नेटवर्थ | रु. १४४.०३ |
मुल्य आम्दानी अनुपात | २१.२४ |
तरलता अनुपात | ३४.५४% |
प्रति शेयर कुल सम्पत्तिको मुल्य | रु.१३५२.३९ |
२. व्यवस्थापकीय बिश्लेषण:
यस अवधिमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको छ । गत त्रैमासको खुद मुनाफामा रु. ३१.९३ मिलियन रहेको छ । गत बर्षको सोही अवधिकाृे तुलनामा बैंकको कर्जा तर्फ २७.२७% र निक्षेप तर्फ २४.८५% ले वृद्धि भएको छ । निष्कृय कर्जा ०.४७% कायम गरि न्यून स्तरमा ल्याउन सफल भएका छौ र उक्त कर्जाहरु सुरक्षणको हिसाबबाट पूर्ण रुपमा सुरक्षीत रहेका छन् । गत बैशाख महिनामा आएकोे महाभुकम्प तथा तराईमा ब्याप्त बन्द हडताल र ईन्धन अभावका कारण सम्पूर्ण बैंक तथा ग्राहक महानुभावहरुमा कुनै प्रकारको थप आर्थिक ब्ययभार पर्ने कुनै प्रकारको अप्रिय घटना नघटेको जानकारी गराउदछौ ।
३. कानूनी कारवाही सम्बन्धी विवरण :
(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको।
(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।
क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो
अधिकतम मुल्य | न्युनतम मुल्य | अन्तिम मुल्य | कारोबार संख्या | कारोबार दिन |
रु.४११ | रु.३२६ |
रु.३७९ | ४५१ | ५६ |
५. समस्या तथा चुनौती:
रणनीति
६. संस्थागत सुशासन :
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी बंैकं भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य संचालनमा ल्याइएको छ ।
७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:
आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।