धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब.०७२/०७३ को चौथो त्रैमासिक प्रतिबेदन
१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/०४/१० गतेको नागरिक दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।
(ख) प्रमुख बित्तीय अनुपात
प्रति शेयर आम्दानी | रु. २२.४१ |
प्रति शेयर नेटवर्थ | रु. १३८.९२ |
मुल्य आम्दानी अनुपात | १८.९६ |
तरलता अनुपात | २५.६४% |
प्रति शेयर कुल सम्पत्तिको मुल्य | रु. १२५१.२६ |
२. व्यवस्थापकीय बिश्लेषण:
यस अवधीमा संस्थाको वित्तीय अवस्था उत्साहजनक रहेको छ । यस त्रैमासको खुद मुनाफा २१.८९ करोड रहेको छ । गत बर्षको सोही अवधिको तुलनामा यस त्रैमासको कर्जा तर्फ रु. २ अर्ब ६१ करोड (४०%) र निक्षेप तर्फ रु. २ अर्ब ३५ करोड (२९.३३%) प्रतिशतको वृद्धि रहेको छ भने तरलता अनुपात समेत २५.६४ प्रतिशत रहेको छ जुनकी थप व्यवसाय वृद्धिका लागि समेत पर्याप्त रहेको छ । यस त्रैमासमा कर्जा लगानी तथा असुली कार्यमा जोड दिई कर्जा/ निक्षेप अनुपातमा समेत बृद्धि भई ७८.२५ % र निष्कृय कर्जा अनुपात ०.५४ प्रतिशत कायम रहेकोले आगामी दिनहरुमा समेत मुनाफामा सकारात्मक सुधार हुने व्यवस्थापनको बिश्लेषण रहेको छ ।
३. कानूनी कारवाही सम्बन्धी विवरण:
समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको । यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण :
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो
अधिकतम मुल्य | ४५० |
न्युनतम मुल्य | ३५५ |
अन्तिम मुल्य | ४२५ |
कारोबार संख्या | ५९९ |
कारोबार दिन | ६४ |
५.समस्या तथा चुनौती
रणनीति :
६. संस्थागत सुशासन :
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी यस आर्थिक वर्षबाट बैंक भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य शुरूवात गरिएको तथा ने.रा.बैकबाट नियोजित रुपमा गरिने अफ साईट र अन साईट सुपरीवेक्षणबाट देखिएका कमी कमजोरी तथा सुधार गर्नु पर्ने कार्यहरु यथा समयमा नै गरि सोबारे जानकारी गराईएको ।
७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:
आजका मिति सम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।