Shangri-la Customer Care
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले मिति २०७६ भाद्र २० गते गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी मा.वि.को प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजन गरेको थियो । उक्त कार्यक्रममा कृष्णहरी श्रेष्ठज्यू प्रमुख आतिथी तथा कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख श्री गौरब काफ्लेज्यूबाट भएको थियो । हाजीरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरता को पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकद्वारा समय समयमा यस्ता कार्यक्रमहरु आयोजन गरी आफ्ना सामाजिक उत्तरदायित्व बहन गर्दै आईरहेको छ । यस बैंकद्वारा हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको छ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।
सहयोगको लागि धन्यवाद ।
……………………..
(सुयोग श्रेष्ठ)
प्रमुुख कार्यकारी अधिकृत
मितिः २०७६/०५ /२२