सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्लोवल मनि विक २०२६ अन्तर्गत वित्तीय साक्षरता तथा वित्तीय सचेतना कार्यक्रम सम्पन्न ।।
सांग्रिला डेभलपमेन्ट बैंकले GLOBAL MONEY WEEK-2026 अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । चैत २ देखि चैत ८ गतेसम्म सञ्चालन भएको GLOBAL MONEY WEEK-2026 को अवसरमा यस डेभलपमेन्ट बैंकका देशभरका ३० भन्दा बढी शाखाले विभिन्न विद्यालयमा वित्तीय साक्षरता तथा वित्तीय सचेतना कार्यक्रम, प्रभातफेरी लगायत कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय साक्षरताको पहुँचबाट टाढा रहेको स्थानका विद्यार्थीलाई आम्दानी, बचत, कर्जा, धितोपत्र, बैंकिङ् कारोबार, डिजिटल बैकिङ्, यसको अवसर र जोखिम लगायत वित्तीय साक्षरता, स्मार्ट मनि, का विभिन्न विषयमा जानकारी गराइएको थियो । यसै अवसरमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि विभिन्न शैक्षिक सामग्री पनि प्रदान गरिएको छ । ‘Smart Money Talks’ भन्ने नाराका साथ मनाइएको GLOBAL MONEY WEEK-2026 अन्तर्गत नेपाल वहिरा संघ सँगको सहकार्यममा फरक क्षमता भएका ४० जना युवालाई काठमाडौँमा पनि वित्तीय साक्षरता र स्मार्ट मनिका बारेमा जानकारी गराइएको थियो ।
यसका साथै बैंकको समाजिक सञ्जाल मार्फत पनि यससम्बन्धि विभिन्न सचेतनामूलक सामग्री प्रकाशन गरिएको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।